
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले सप्तरीको नेपाल बैंकबाट बन्दुक चोरी गरेको आरोपमा अपसाद अन्सारीलाई पक्राउ गरेको छ।
- उनीहरूले चोरी गरेका हतियारहरू झाडीमा लुकाएको खुल्न आएको छ।
- प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ।
९ जेठ, काठमाडौं । सप्तरीस्थित नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी भएको छ ।
बन्दुक लगायतका सामानहरू चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सडक नगरपालिका–६ वीरपुरका २० वर्षीय अपसाद अन्सारी छन् । उनलाई इलाका प्रहरी कार्याल लहानको टोलीले पक्राउ गरेको हो ।
९ जेठको राति १२ः२९ बजेको सयमा खडक नगरपालिका–७ कल्याणपुरस्थित नेपाल बैंकमा कार्यरत सेक्युरेटी गार्ड प्रमोद चौधरी र पर्शुराम चौधरी निदाएको समयमा उनीहरूको कोठाबाट बन्दुक लगायतका सामानहरू चोरि भएको हो ।
उनीहरू सुत्ने कोठामा निदाइरहेका थिए । त्यही बेला अन्सारीले १२ बारको एक नाले बन्दुक, २० राउण्ड गोली, २ थान खुकुरी, कम्युटर, डिजिटल तराजु लगायत चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा प्रवक्ता जितेन्द्र बस्नेतले बताए ।
गार्ड ब्युझँदा सामानहरू नभएपछि राति नै बैंकका गार्डले प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले उक्त घटना सञ्चार सेटमार्फत रिले गरेको थियो भने घटनाबारे छिमेकी जिल्ला सिरहाको प्रहरीलाई पनि खबर गरिएको थियो ।
सिरहाकै टोलीले राति पौन ४ बजेतिर उनलाई लहानस्थित हस्पिटल चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका अन्सारीले उक्त हतियारहरू नेपाल बैंकबाट करि ५ सय मिटर पश्चितर्फको झाडीमा लुकाएको खुलेपछि बरामद गरेको छ । उनले ती हतियार किन चोरे भन्ने खुलिसकेको छैन ।
प्रतिक्रिया 4