+
+
Shares

कांग्रेसका पूर्व पदाधिकारीहरूले तोके आ-आफ्नो समन्वयकर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ९ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूले आन्तरिक समन्वय गर्न सम्पर्क व्यक्तिहरू तोकेका छन्।
  • सामूहिक छलफल र अन्तक्रिया कार्यक्रमहरू जेठको अन्तिम साता काठमाडौंमा आयोजना हुनेछ।
  • सात नेताहरूले प्रदेशस्तरमा अन्तक्रिया गर्ने सहमति गरेका छन्।

९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरूको समीकरण बनाउन लागिरहेका नेताहरूले आन्तरिक समन्वय गर्नका लागि सम्पर्क व्यक्तिहरू तोकेका छन् ।

पू्र्व पदाधिकारीहरु कृष्णप्र्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा.शशांक कोइराला, विजय गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाशशरण महत लगायतका नेताहरू निरन्तर छलफलमा जुटिरहेका छन् ।

१५ औं महाधिवेशनमा छुट्टै समूह खडा गर्ने र आफूहरूमध्येबाट एक जनालाई सभापतिको उम्मेदवार बनाउने गरी छलफल भइरहेको नेताहरूले जानकारी गराएका छन् ।

पूर्व पदाधिकारीहरूको समूहका गतिविधि गर्ने गरी नेताहरूले आफू निकटको व्यक्तिलाई समन्वयकर्ताको रुपमा तोकेका छन् । गोपालमानको समन्वय गर्ने व्यक्तिमा केन्द्रीय सदस्य गुरु बराल भएका छन् । डा. शशांक कोइरालाले उनी निकट केन्द्रीय सदस्य उर्मिला थपलियालाई तोकेका छन् । सिटौलाले आफ्नो समन्वयकर्तामा नेविसंघका पूर्व महामन्त्री बलदेव तिमिल्सिनालाई तोकेका छन् ।

प्रकाशमान सिंहको तर्फबाट दिपन श्रेष्ठले समन्वय गरिरहेका छन् । श्रेष्ठ संखुवासभाका पूर्व जिल्ला सभापति हुन् । गच्छदारका लागि समन्वय नेविसंघ पूर्व महामन्त्री कपिलेश्वर यादवले गरेका छन् ।

प्रकाशशरण महतका लागि उनी निकट बद्री मुडभरी समन्वयकर्ता बनेका छन् । मुडभरी बागमती प्रदेश सदस्य हुन् । निधिका लागि सम्पर्क व्यक्ति निश्चित भइ नसकेपनि रविन शर्माको नाम चर्चामा छ ।

नेताहरू नियमित रुपमा बैठक बस्न सुरु गरेपछि आफूहरूको पनि छलफल भइरहेको सिटौलाको समन्वय गरिरहका नेविसंघ पूर्व महामन्त्री तिमिल्सिनाले जानकारी गराए । उनले अनलाइनखबरसँग भने, ‘उहाँहरू छलफलमा बस्न थालेपछि कार्यक्रमहरुका लागि तयारी गर्न हामीहरू जुटिरहेका छौं । नेताहरूसँग जोडिरहेका व्यक्तिहरू नियमित छलफल गरिरहेका छौं ।’

सात नेताहरूले सातै प्रदेशमा अन्तक्रिया गर्ने सहमति गरेका छन् । त्यस अनुसार पहिलो कार्यक्रममा काठमाडौंमा गरिने भएको छ । काठमाडौंमा हुने कार्यक्रमको समन्वय गर्ने जिम्मेवारी नेता प्रकाशमान सिंहले पाएका छन् । काठमाडौंमा गरिने कार्यक्रम जेठको अन्तिम साता हुने गरी तयारी गरिएको छ ।

पार्टीकै कुनै संरचना आयोजक बनेर कार्यक्रम हुने नेताहरूको दाबी छ । सात नेतामा प्रमुख वक्ता पार्टीको वरियता अनुसार निर्धारण हुने नेताहरूले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?