
News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहितको प्रतिवेदन अख्तियारलाई पठाएको छ।
- उपसमितिका संयोजक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवेदनमा सामान्य त्रुटि र भाषिक संशोधन मात्रै गरिएको बताए ।
- लेखा समितिले प्रतिवेदनअनुसार भ्रष्टाचार भएको निष्कर्ष सहित अनुसन्धान गर्न निर्देशन दिएको हो।
९ जेठ, काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ ।
लेखा समितिको बुधबार बसेको बैठकको निर्णय अनुसार प्रतिवेदन र त्यसमा लेखा समितिको निर्णय समेत समावेश गरेर शुक्रबार फाइल अख्तियार पठाइएको हो । उपसमितिका संयोजक एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपसमितिले तयार पारेको प्रतिवेदनमा सामान्य त्रुटि र भाषिक संशोधन मात्रै गरिएको बताए ।
लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्ष सहित उपसमितिले तयार पारेको प्रतिवेदनलाई अख्तियारमा पठाउने र अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4