News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले डिफेन्डर डीन हुइजसेनलाई ५० मिलियन पाउन्डमा पाँच वर्षका लागि अनुबन्ध गरेको छ।
- उहाँले उत्कृष्ट युवा डिफेन्डरको रूपमा आफ्नो क्षमता देखाउँदै छन् र पहिलो अवसर १९ जुनमा फिफा क्लब वर्ल्डकपमा पाउनेछन्।
- रियलको डिफेन्डर लाइनको समस्या समाधान गर्न उनी प्रभावशाली खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
१० जेठ, काठमाडौं । स्पेनिस जायन्ट रियल मड्रिडका लागि जारी सिजन खराब रह्यो । च्याम्पियनस लिगदेखि, ला-लिगा, कोपा डेल रे, स्पेनिस सुपर कपको उपाधि उसको हातबाट फुत्कियो ।
यी चार मुख्य ट्रफीबाट वञ्चित भएको रियल मड्रिडको मुख्य समस्या भने डिफेन्स रह्यो । किनकि, यो सिजनमा रियलले खाएको गोलको तथ्यांक ठूलो छ ।
ला-लिगामा मात्रै रियलले ३८ गोल खायो । कोपा डेल रे मा ११ र स्पेनिस सुपर कपमा ५ गोल खायो । च्याम्पियन्स लिगमा २२ गोल गरी यो सिजनमा रियलले ७६ गोल खाइसकेको छ ।
गत सिजनको तुलना गर्ने हो भने, यो १२ गोल बढी हो । ला-लिगाको अन्तिम खेलमा रियल सोसिडाडले गोल गर्यो भने यो सिजन २१औं शताब्दीकै धरै गोल खाएको खराब रेकर्ड रियलले आफ्नो नाममा लेखाउने छ ।
अहिले रियलको डिफेन्स लाइनमा ठूलो समस्या छ । राइट ब्याक तथा कप्तान डानी कार्भाहाल, सेन्टर ब्याक इडर मिलिटाओ, सेन्टर ब्याक एन्टोनिओ रुडिगर, लेफ्ट ब्याक फेर्लान मेन्डी, सेन्टर ब्याक डेभिड अलवा, राइड ब्याक लुकास भास्क्वेज घाइते छन् ।
पहिलो रोजाइका डिफेन्टर चोटले गस्त हुँदाको नराम्रो पीडा रियलले भोग्यो । डिफेन्डर घाइते भएपछि फेड फालभर्दे, चुआमेनी, कामाभिंगा जस्ता मिडफिल्डरलाई डिफेन्स पोजिसनबाट खेलाउनुपर्ने अवस्था समेत रियलमा आएको थियो ।
यसैको फाइदा उठाउँदै विपक्षीले रियलको पोस्टमा ७६ गोल बर्साए । जसका कारण यो चोटबाट उन्मुक्ति पाउन रियल भरपर्दा डिफेन्डरको खोजीमा थियो । यो सिजन इंग्लिस प्रिमियर लिगमा लोभलाग्दो प्रदर्शन गरेका २० वर्षीय स्पेनिस डिफेन्डर डीन हुइजसेनमा रियलको आँखा परेको थियो ।
त्यसो त, हुइजसेनलाई इंग्लिस क्लब लिभरपुलदेखि आर्सनल, चेल्सी, न्यूक्यासलसम्मले ताकेका थिए । तर इंग्लिस क्लबलाई जिल खुवाउँदै प्रभावशाली हुइजसेनलाई कीर्तिमानी रकममा भित्र्याउन रियल सफल रह्यो । रियलले हुइजसेनलाई ५० मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्ध गरेको छ ।
रियल मड्रिड एक डिफेन्डरका लायि यति धेरै रकम खर्चेको यो नै पहिलो हो । मड्रिडको इतिहासकै सबैभन्दा महँदा डिफेन्डर हुइजसेन हुन् । यसले पनि प्रमाणित गर्छ कि, रियललाई भरपर्दो डिफेन्डरको खाँचो कति थियो । यी कीर्तिमानी डिफेन्डरलाई अब थप प्रमाणित गर्नुपर्ने चुनौती थपिएको छ ।
हुइजसेन १ जुनमा रियलमा सामेल हुने बताइएको छ । उनी आएपछि आफ्नो डिफेन्स समस्या समाधान हुने विश्वास रियलले गरेको छ । उनले उत्कृष्ट युवा डिफेन्डर हुन् । युरोपमा उनले आफूलाई प्रमाणित गरिसकेका छन् भने थप प्रमाणित गर्नुपर्ने अवस्था पनि आएको छ । उनी विपक्षीहरूसँग प्रभाव जमाएर खेल्न सक्छन् ।
लङ पास उनको मुख्य विशेषता हो । उनी आफ्ना फरवार्डलाई लङ पास दिएर विपक्षीलाई दबाबमा राख्न निकै सिपालु मानिन्छन् । ६ फिट ५ इन्च अग्ला उनी हेड बलका लागि पनि उपयुक्त हुन् । उनको शारीरिक बनावट र उचाइ खेल्ने शैलीले अर्का सेन्टर ब्याक रुडिगरसँग जोडी जम्ने विश्वास गरिएको छ ।
हइजसेनका आदर्श डिफेन्डर रियल मड्रिडकै पूर्वकप्तान तथा डिफेन्डर रामोस नै हुन् । रियलमा सफल भएर रामोसकै जस्तो स्थान लिने अवसरमा उनलाई आएको छ । मन पर्ने डिफेन्डर रामोस र उनकै पूर्वक्लब भएका कारण उनी इंग्लिस क्लबको प्रस्तावलाई अस्वीकार गर्दै रियलमा आइपुगेका छन् ।
अब उनी स्पेनको राजधानी रियल मड्रिडमा प्रशिक्षक जाभी अलोन्सोको प्रशिक्षणमा रहनेछन् । उनले आफ्नो क्षमता देखाउने पहिलो अवसर १९ जुनमा फिफा क्लब वर्ल्डकप प्रतियोगितामा साउदी क्लब अल हिलालविरुद्ध पाउने जनाइएको छ ।
हुइजसेन एक वर्षअघि मात्रै इंग्लिस प्रिमियर लिग क्लबमा पुगेका थिए । उनले जुलाई २०२४ मा बर्नमाउथसँथ ६ वर्षको सम्झौता गरेका थिए । जसका कारण उनी लामो समय इंग्लिस क्लबमा रहने विश्वास गरिएको थियो । तर उनी आफ्नो पहिलो रोजाइको क्बल रियलमा आइपुगेका छन् ।
नटिङहम फरेस्ट विरुद्धको खेलबाट उनले प्रिमियर लिगमा डेब्यू गरेका थिए । डेब्यू खेलमै उनले प्रभावशाली प्रदर्शन गरेका थिए । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो ।
सुरुवाती खेलहरूमा उनले कमै समय मैदानमा बिताए । नोभेम्बरमा भने मार्कोस सेनेसी चोटका कारण बाहिरिएपछि उनले सुरुवाती ११ मा स्थान पाएका थिए । त्यसपछि उनले त्यो स्थान कहिल्यै गुमाएनन् ।
डीन हुइजसेन भनेर चिनिने उनको पूरा नाम डीन डोनी हुइजसेन विज्समुलर हो । १४ अप्रिल २००५ मा नेदरल्यान्ड्सको आमस्ट्रममा उनको जन्म भएको थियो । ५ वर्षको उमेरमा उनी स्पेनको कोस्टा युनिडा एकेडेमीमा पुगेका थिए ।
सन् २०१०-१५ सम्म कोस्टा युनिडामा बिताएका उनी सन् २०१५ मा मालागामा पुगे । स्पेनको सेगुन्डा डिभिजन (दोस्रो) क्लब मालागमा उनले सन् २०२१ सम्म बिताए ।
त्यहाँबाट भने उनी इटालियन क्लब युभेन्ट्स पुगे । सन् २०२३ मा युभेन्ट्सबाट २७ खेल खेल्दै १ गोल गरे । सन् २०२३-२४ को सिजनमा भने उनले युभेन्ट्सबाट जम्मा एक खेल खेले । त्यहाँबाट उनी लोनमा सिरी एकै अर्को क्लब रोमा पुगेका थिए । रोमामा १३ खेल खेलेका उनले २ गोल गरेका थिए ।
रोमाबाट उनी ३० जुलाई २०२४ मा उनी बर्नमाउथ गएका थिए । जहाँ ३० खेल खेल्दै ३ गरे र उत्कृष्ट प्रदर्शन गरे । यही प्रदर्शन देखेर रियलले कीर्तिमानी रकममा उनलाई भित्र्यायो ।
क्बलबाहेक उनको अन्तर्राष्ट्रिय करिअर पनि दुई देशबाट भएको छ । नले सन् २०२४ सम्म नेदरल्यान्ड्सको विभिन्न उमेर समूहबाट खेल खेलेका छन् । नेदरल्यान्ड्सको यू-१७ टिमबाट उनले सन् २०२१-२३ सम्म ११ खेल खेल्दै २ गोल गरेका थिए ।
सन् २०२२-२३ मा पनि उनले नेदरल्यान्ड्सकै यू-१८ टिमबाट ४ खेल खेले । सन् २०२३-२४ मा पनि नेदरल्यान्ड्सकै यू-१९ टिमबाट ३ खेल खेलेका छन् ।
त्यसपछि भने उनको यात्रा अन्तर्राष्ट्रियतिर मोडिएर स्पेन पुगेको हो । सन् २०२४ मा स्पेनको यू-२१ टोलीबाट ७ खेल खेल्दै उनले १ गोल गरे । अनि सन् २०२५ मा स्पेनको सिनियर टिमबाट डेब्यु गर्दै २ खेल खेलेका छन् । स्पेनको सिनियरबाट गत मार्चमा नेसन्स लिग प्रतियोगितामा हुइजसेनले नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए ।
प्रतिक्रिया 4