News Summary
Generated by OK AI. Editorially reviewed.- हेल्प नेपाल, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले एनभीए भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित हात पारेका छन् ।
- नेपाल पुलिस क्लब र न्यु डायमण्डले महिलातर्फ विजयी सुरुवात गरेका छन् ।
- एनभीए लिगमा आठ पुरुष र छ महिला टिम प्रतिस्पर्धा गरिरहेका छन् ।
९ जेठ, काठमाडौं । साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब, विभागीय टोली नेपाल पुलिस क्लब र घरेलु टोली गण्डकी प्रदेशले नवौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ ।
पोखराको कभर्डहलमा शुक्रबार भएको खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई २५-१९, २५-१७,२५-१८ ले हरायो । यसअघि पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० कै सेटमा पराजित गरेको थियो ।
सुदूरपश्चिम प्रदेशको भने यो लगातार दोस्रो हार हो । सुदूरपश्चिम पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग पराजित भएको थियो ।
यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै लातार दोस्रो जित दर्ता गर्यो । एकपक्षिय जस्तै बनेको खेलमा पुलिसले कोशीलाई २५-१२, २५-१९, २५-१५ ले सहजै हरायो । पुलिसले पहिलो खेलमा मणिमुकुन्दलाई पराजित गरेको थियो ।
पुरुषतर्फकै अन्य खेलमा गण्डकीले विभागीय टोली आर्मीमाथि सोझो सेटमा जित हात पार्यो । घरेलु टोलील गण्डकीले आर्मीलाई २५-१९, २५-१७, २५-१८ ले पराजित गरेको हो ।
गण्डकीले पहिलो खेलमा कोशी प्रदेशलाई पराजित गरेको थियो । उपाधि दाबेदार समेत रहेको विभागीय टोली आर्मीको भने यो लगातार दोस्रो हार हो ।
हेल्प नेपाल, पुलिस र गण्डकीले समान ६ अंक जोड्दा आर्मी, सुदूरपश्चिम र कोशी प्रदेश अंकविहिन छ ।
यस्तै अर्को विभागीय टोली नेपाल एपीएफ क्लबले पुरुषतर्फ पहिलो हार व्यहोरेको छ । बुटवलको मणिमुकुन्दले प्रतिस्पर्धात्मक खेलमा एपीएफलाई ३-१ को सेटमा हरायो ।
मणिमुकुन्दले प्रतिस्पर्धात्मक पहिलो सेट टाइब्रेकमा २८-२६ ले आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो । दोस्रो सेटमा एपीएफले पुनरागमन गर्दै २५-१६ ले आफ्नो पक्षमा पारेपछि खेल १-१ को बराबरी भएको थियो ।
तर त्यसपछि मणिमुकुन्द खेलमा फर्कियो र तेस्रो सेट २५-२० र चौथो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
पहिलो जितपछि मणिकमुकुन्दले ३ अंक जोडेको छ । एक जित र एक हारबाट एपीएफको पनि ३ अंक नै छ ।
यसैगरी शुक्रबारै भएको महिलातर्फको खेलमा साविक विजेता नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सानदार सुरुवात गरेको हो ।
पुलिसले एभरेष्ट क्लबलाई २५-१९,२५-१८, २५-१८ ले हरायो । पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको एभरेष्टको यो पहिलो हार हो । पुलिस र एभरेष्टको समान ३ अंक छ । तर पुलिसले एक खेल मात्र खेलेको छ ।
महिलातर्फकै अर्को खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । न्यु डायमण्ड २५-१३, २५-१०,२५-१० ले विजयी भयो ।
नेपाल भलिबल संघको आयोजनामा भइरहेको एनभीए लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । दुवैतर्फ लिगको शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4