
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे योजना आयोग र राष्ट्र बैंकसँग परामर्श गरे।
- मन्त्रीले वित्तीय नीति, राजस्व, पूँजीगत खर्च, आयोजना व्यवस्थापन र निजी क्षेत्रको लगानी प्रवर्द्धन विषयमा छलफल गरे।
- १५ जेठमा बजेट सार्वजनिक हुने हुँदा अर्थ मन्त्रालय बजेट लेखनमा जुटेको छ।
९ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे राष्ट्रिय योजना आयोग उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् ।
अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलले योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी र राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग वित्तीय नीति, राजस्व परिचालन, पूँजीगत खर्च वृद्धि, आयोजना व्यवस्थापन, निजी क्षेत्रको लगानी प्रवद्र्धन लगायत विषयमा परामर्श गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रालय अहिले बजेट भाषण लेखनमा जुटेको छ । मन्त्रालयले प्रवेशमा कडाई समेत गरेको छ । १५ जेठमा संघीय सरकारको बजेट सार्वजनिक हुने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4