+
+
Shares

आजबाट दिउँसो ४ घण्टा बन्द गरेर नागढुंगा-नौबिसे सडकखण्ड सुधारको काम (तस्वीरहरू)

सडक निर्माणको काम भइरहेको समयमा काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलानमा रोकिएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ जेठ १० गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको नागढुंगा–नौबिसे सडकखण्डमा १० जेठदेखि १५ दिनसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुनेछ।
  • सडक सुधारको कामका लागि पिपलामोडमा पिच र सडक सुधार भइरहेको छ, जसका कारण खानीखोलानमा सवारी रोकिएको छ।
  • सडक सुधारका लागि राति र दिउँसो दुबै समयमा सडक बन्द हुने क्रम जारी रहेको छ।

१० जेठ, काठमाडौं । दैनिक ४ घण्टा बन्द गरेर नागढुंगा–नौबिसे सडकखण्ड सुधारको काम भइरहेको छ ।

आजदेखि १५ दिनसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर नागढुंगा मुग्लिन सडक योजना पूर्वीखण्डले जानकारी गराएको छ ।

आज सो सडकखण्डमा पर्ने पिपलामोडमा पिच लगायतका सडक सुधारको काम भइरहेको छ ।

सडक निर्माणको काम भइरहेको समयमा काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलानमा रोकिएको छ ।

यो समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

यसअघि यो खण्डमा रातिको समयमा सवारी साधन बन्द गरेर काम हुँदै आएको थियो । अब जेठको २५ गतेसम्म दिउँसो ४ घण्टा सडक बन्द गरेर सुधारका काम हुने बताइएको छ ।

थप तस्वीरहरू :

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?