
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा ले सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्दै राजनीतिक प्रतिशोधको आशङ्का व्यक्त गरेको छ।
- पार्टीले अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस् भन्ने चिन्ता व्यक्त गरेको छ।
- भोलि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने निर्णय भएको छ।
१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अदालतबाट न्याय पाइन्छ भन्ने जनविश्वास कमजोर नबनोस् भन्नेतर्फ आफ्नो पार्टीको चिन्ता रहेको बताएको छ ।
पार्टी सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सर्वोच्च अदालतबाट जारी आदेशलाई स्वीकार गर्ने बताउँदै रास्वपाले राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहेको बताएको छ ।
सभापति लामिछानेको आदेश लगत्तै रास्वपाले शुक्रबार राति नै आकस्मिक सचिवालय बैठक राखेको थियो । उक्त बैठकपछि शनिबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा चिन्ता व्यक्त गरेको छ ।
‘तर सहकारीको बोर्डमा रहेका, सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेरिनुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर आधारहीन, तथ्यहीन तर्कको आधारमा निर्णय भएछ कि भन्ने आशङ्काको यथेष्ट सम्भावना रहेकोमा हाम्रो सरोकार र चिन्ता रहेको छ,’ कार्यबाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्नेप्रति समेत चिन्ता व्यक्त गर्दछौं ।’
रास्वपाले भोलि दिउँसो २ बजे पुनः पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने पनि जानकारी गराएको छ ।
प्रतिक्रिया 4