
तस्वीर : द रोयल फेमिली नेपाल
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरे।
- उनले शनिबार साँझ नारायणस्थान मन्दिरमा दर्शन गर्नुभएको थियो।
- पूर्वराजा शाहको परिवार नियमित रुपमा उक्त मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न जान्छ।
१० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवारसहित नारायणहिटी परिसरभित्र रहेको नारायणस्थान मन्दिरमा पूजाअर्चना गरेका छन् ।
पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार, शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयन्द्रसहित उक्त मन्दिरमा पुगेका हुन् ।
‘नारायनस्थान मन्दिरमा नारायणको दर्शन गर्न सवारी भएको हो,’ पाठकले अनलाइनखबरसँग भने ।
उनका अनुसार, उक्त मन्दिरमा सर्वसाधरणका लागि पनि खुला छ । उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाआर्चनाका लागि जाने गरेको पाठकले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4