
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले काठमाडौंको कोटेश्वरबाट २७ वर्षीय योगेश श्रीमंत मगरलाई पक्राउ गरी ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु र साढे नौ किलो चाँदी जस्तो देखिने धातु बरामद गरेको हो।
- उहाँको साथबाट २८ लाख ९३ हजार रूपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ।
- प्रहरीले सुनको अवैध कारोबारको सूचनाका आधारमा पक्राउ गरेको र मगर महाराष्ट्र सोलापुरका हुन् भने कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका थिए।
१० जेठ, काठमाडौं । सुनचाँदी जस्तो देखिने धातु र झन्डै २९ लाख रूपैयाँ नगदसहित काठमाडौंबाट एक जना पक्राउपरेका छन् ।
काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर सेती ओपी मार्गबाट एक जनालाई पक्राउ गरिएको २७ वर्षीय योगेश श्रीमंत मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु र साढे नौ किलो चाँदी जस्तो देखिने धातु बरामद गरेको प्रहरीले जनाएको छ । साथै, उनको साथबाट प्रहरीले २८ लाख ९३ हजार रूपैयाँ नगद पनि बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, शुक्रबार अपराह्न सुनको अवैध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
उक्त सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो ।
भारत महाराष्ट्र सोलापुर घर भएका मगरले कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।
प्रतिक्रिया 4