+
+
Shares

विपद्‍मा तालिम प्राप्त स्वयंसेवक खटाइन्छ : कार्यकारी निर्देशक भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते ११:४१

११ जेठ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक ई.दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने बताएका छन् । त्यसलाई अभियानका रुपमा अघि बढाइएको उनको भनाइ छ ।

आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्मा क्षति न्यूनीकरणका लागि पहिलोपटक स्वयंसेवक परिचालन गर्न लागिएको बताए ।

‘योभन्दा पहिला हामीले स्वयंसेवक गठनको काम गरेका थिएनौं । यो नयाँ काम हामीले गरिरहेका छौं,’ उनले भने, ‘विपद्को समयमा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुन्छ ।’

विपद्को बेलामा समन्वयलाई जोड दिँदै उनले तीनै तहका सरकार र निजी क्षेत्रसँग मिलेर गरिने बताए । सुरक्षाकर्मीहरुले मात्रै अपुग हुने भएकाले तालिममात्र स्वयंसेवक पनि परिचालन गर्न लागिएको उनको भनाइ छ ।

‘तालिम भएन भने उद्धारमा जाने मान्छे खतरामा पर्छ । त्यसैले स्वयंसेवक विकास गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको शुरुवात गर्न खोजेका छौं,’ उनले भने ।

ललितपुरबाट महानगरपालिकाबाट शुरु भएको स्वयंसेवक परिचालन आधारभूत तालिमलाई सबै पालिका स्तरमा पुर्‍याइने लक्ष्य रहेको सुनाए । ‘हामी देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा लिएर गइरहेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?