+
+
Shares

जाफर पनाहीको जेल जीवनबारेको फिल्मले कान्समा जित्यो शीर्ष पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानी निर्देशक जाफर पनाहीको फिल्म ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ले ७८ औं कान्स फिल्म फेस्टिभलमा ‘पाम दे’ओर’ पुरस्कार जित्यो।
  • फिल्मले जेल जीवन र राजनीतिक विषयहरूलाई समेटेको थियो र पनाहीले आफ्नो प्रतिबन्धित फिल्म निर्माण कार्य जारी राखेका छन्।
  • यस वर्षको कान्समा अमेरिकी र फ्रान्सेली फिल्महरूले विभिन्न पुरस्कारहरू जितेका छन्।

काठमाडौं । इरानी निर्देशक जाफर पनाही निर्देशित फिल्म ‘इट वाज जस्ट एन एक्सिडेन्ट’ले ७८ औं कान्स फिल्म फेस्टिभलमा शीर्ष विधा ‘पाम दे’ओर’ पुरस्कार जितेको छ ।

यो फिल्म उनको जेल जीवनको वास्तविकताबाट प्रेरित थियो । यस संस्करणमा अशान्त संसारका कथाहरू फिल्ममार्फत भनिएका थिए । डोनाल्ड ट्रम्प, इलन मस्क, रुस-युक्रेन युद्धलाई समेत टिप्पणी गर्दै यसवर्षको कान्स राजनीति प्रेरित रह्यो ।

पनाहीको उक्त फिल्मले ५ पात्रलाई पछ्याउँछ जो राज्यविरुद्धको अपराधमा जेलमा थुनिएका थिए । उनीहरूलाई अपराधी ठहर गर्दै इरान सरकारले जेलमा राखेको थियो । हाँसो र क्रोधका तत्व मिश्रण गरिएको यो फिल्मले दर्शकलाई पात्रको जेल जीवनको यात्रामा लैजान्छ ।

सन् २०१० मा ‘शासन विरुद्ध प्रचार’ गरेकोे आरोपमा पनाहीको पहिलो गिरफ्तारी भएको थियो । उनी दोषी ठहर पनि भए । सरकारले फिल्म बनाउन निषेध गरेपनि, उनले त्यसपछि फिल्म बनाउने कार्य जारी राखेका छन् ।

सन् २०११ मा, उनले आफ्नो फिल्म ‘दिस इज नट अ फिल्म’सहितको फ्ल्यास ड्राइभ कान्समा पठाए । उनी सरकारले दबाउन खोजेका अन्य निर्देशकको मुखर रक्षक बनेका छन् । पाम दे’ओरले उनको दृढताको लागि प्रमाण पेश गरेको छ ।

पनाहीले आफ्नो परिवार र यस्तो जोखिमपूर्ण फिल्म बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘मलाई लाग्छ कि यो सबैलाई सोध्ने समय हो, इरान र विश्वभरका सबै भन्दा फरक विचार भएका इरानीहरूलाई’ उनले मन्तब्यमा भने, ‘म उनीहरूलाई एउटा कुरा सोध्न चाहन्छु- सबै समस्या र भिन्नताहरूलाई एकातिर राख्नुहोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा निश्चित रूपमा हाम्रो देश र हाम्रो देशको स्वतन्त्रता हो ।’

यो जितसँगै अमेरिकी वितरण कम्पनी नियोनलाई फेरि एकपटक शीर्ष पुरस्कार जितेको छ । यसैबीच, फ्रान्सेली तर्फबाट स्थानीय निर्माता-वितरक ‘एमके २’ले ६ पुरस्कार जित्यो ।

नियोन र एमके२ ग्रान्ड प्रिक्स विजेताका सह-निर्माता थिए, जुन विजेता नर्वेली निर्देशक जोआकिम ट्रियरको पारिवारिक फिल्म ‘सेन्टिमेन्टल भ्यालु’लाई प्रदान गरिएको थियो ।

‘द सिक्रेट एजेन्ट’बाट क्लेभर मेन्डोन्का फिल्होले सर्वश्रेष्ठको पुरस्कार जिते । यही फिल्मबाट वाग्नर मौरा उत्कृष्ट अभिनेता घोषित भए । ‘लिटिल सिस्टर’बाट नादिया मेलिती उत्कृष्ट अभिनेत्री घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?