+
+
Shares

केन्द्रीय बैंकले बढायो तरलता व्यवस्थापन गर्न दैनिक अनिवार्य नगद मौज्दात सीमा

वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई जटिल भएपछि ७० प्रतिशत रहेको दैनिक अनिवार्य नगद मौज्दात बढाइ ९० प्रतिशत पुर्‍याएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते २०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न अनिवार्य नगद मौज्दात ७० प्रतिशतबाट ९० प्रतिशतसम्म बढाएको हो।
  • केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अन्तर्गत दैनिक अनिवार्य नगद मौज्दात सीमा बढाएको हो।

११ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न अनिवार्य नगद मौज्दातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले दैनिक अनिवार्य नगद मौज्दात बढाइ ९० प्रतिशत बनाएको हो ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत दैनिक अनिवार्य तरलता बढाएको हो ।

वित्तीय प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकलाई जटिल भएपछि ७० प्रतिशत रहेको दैनिक अनिवार्य नगद मौज्दात बढाइ ९० प्रतिशत पुर्‍याएको हो । बैंक तथा वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दात बापत केन्द्रीय बैंकमा राख्नुपर्छ ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीका तरलता बिनाब्याज सहित केन्द्रीय बैंकमा होल्ड गर्नका लागि यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकले स्थायी निक्षेप र निक्षेप संकलन उपकरण मार्फत अधिक तरलता व्यवस्थापन गर्दा खर्च बढेपछि दैनिक अनिवार्य नगद मौज्दात सीमा बढाएको हो ।

यो व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ब्याज आम्दानी नहुने गरी नियामकीय प्रयोजनका लागि राख्ने रकम बढ्न जान्छ । त्यसले गर्दा केन्द्रीय बैंकलाई ब्याज खर्च गरेर प्रणालीबाट तान्नुपर्ने पैसामा कमी आउँछ । साथै, अधिक तरलतामा पनि कमी आउने भएकाले केन्द्रीय बैंकले यस्तो सीमा बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?