 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- मुनिन्द्रराज भण्डारीले आफू शान्तिपूर्ण प्रदर्शनमा सहभागी भए पनि हुलदंगामा संलग्न नभएको बताए।
- उनीहरूले दुर्गा प्रसाईंको अभियानको स्पेसन टास्क फोर्सको कमाण्डर भएको र कुनै उपद्रवमा संलग्न नभएको बताए।
- उनले घटनाको अनुसन्धानमा संलग्न व्यक्तिहरूले कार्यालयमा आगजनी र तोडफोड गरेको हुनसक्ने आशंका व्यक्त गरे।
११ जेठ, काठमाडौं । तीनकुने घटनामा मुछिएका मुनिन्द्रराज भण्डारीले आफू शान्तिपूर्ण प्रदर्शनमा सरिक भएपनि हुलदंगामा संलग्न नभएको जिकिर गरेका छन् । उनी दुर्गा प्रसाईंले सञ्चालन गरेको अभियानको स्पेसन टास्क फोर्स (एसटीएफ)को कमाण्डर थिए ।
आफू कुनैपनि उपद्रव, हुलदंगा र तोडफोडका काममा संलग्न नभएको भन्दै उनले राजावादी आन्दोलनमा संलग्न मेडिकल व्यवसायी दुर्गा प्रसाई संलग्न भएको हुनसक्ने बयान दिएका छन् ।
दुई जनाको ज्यान जानेगरी भएको घटनाको अनुसन्धानका क्रममा उनले भनेका छन्, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गाप्रसाद प्रसाईंका समर्थक र राष्ट्रिय प्रजातन्त्र पार्टीका समर्थकहरूले कार्यालयमा र कार्यालयभित्र पार्किङ गरी राखेको सवारी साधनमा आगजनी गरी कार्यालय समेत तोडफोड गरेको वा गराएको हुनुपर्छ ।’
दुर्गा प्रसाईंले सञ्चालन गरेको कार्यक्रम बिथोलिएको र आफू त्यसभन्दा अघि नै त्यहाँबाट निस्केको भन्दै उनले सुरक्षाकर्मीको हतियार खोस्ने कामलाई गलत भनेका छन् ।
दुर्गा प्रसाईंले भीडतिर गाडी हाँकेको देखेको तर त्यो कता लैजान लागेको भन्नेबारे आफूले थाहा नपाएको उनले बयानका क्रममा बताएका छन् । साथै, उनले अहिले मात्रै त्यो गाडी संसद् भवनतिर लैजान खोजेको थाहा पाएको बयान गरेका छन् ।
उनले पत्रकार सुरेश रजकको मृत्युबारे कुनै थाहा नपाएको तर पछिमात्रै खबर पाएको भन्दै बयानमा भनेका छन्, ‘पत्रकार सुरेश रजक घरभित्र भएको अवस्थामा को कसले बाहिरबाट ताल्चा लगाई आगो लगाई निजको हत्या गरेको सम्बन्धमा दुर्गाप्रसाद प्रसाईंलाई नै थाहा होला ।’
उनले बयानमा भनेका छन्, ‘कार्यक्रम सफल हुन नसके पश्चात विभिन्न ठाउँमा तोडफोड, आगजनी, गुडी रहेको सवारी साधनहरूमा आगजनी, चोरी तथा लुटपाट समेत भएको रहेछ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4