+
+
Shares

गंगानारायण श्रेष्ठ बने माओवादी केन्द्रको सचिव

नेकपा माओवादी केन्द्रमा फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १३:३७

१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रमा १० वर्षपछि फर्किएका नेता गंगानारायण श्रेष्ठले केन्द्रीय सचिव पद पाएका छन् ।

९ असोज २०७२ मा माओवादीबाट अलग हुँदै गर्दा उनी पोलिटब्यूरो सदस्य थिए ।

बाबुराम भट्टराईसँगै माओवादी छोडेका श्रेष्ठ अहिले नेपाल समाजवादी पार्टी (नेसपा) का नेता थिए ।

श्रेष्ठसँगै माओवादी केन्द्रमा फर्किएका अरु नेताहरुको पदीय हैसियत भने टुंग्याउन बाँकी छ ।

यो सँगै माओवादी केन्द्रमा सचिवहरूको संख्या ८ जना पुगेको छ । यसअघि माओवादीमा ७ जना सचिव थिए । दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोख्रेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य माओवादीका सचिव थिए । अब श्रेष्ठ पनि सचिवको सूचीमा थपिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?