+
+
Shares

‘मेरो फिल्म हेरेपछि सरकारले के गर्ने भन्नेबारे पक्कै सोचेको होला’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एन्जिला तुम्बापो सुब्बाले ‘अञ्जिला’ फिल्म हेरेर खेलाडी र सर्वसाधारणलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्।
  • उनीले भने, ‘यो मूभी देखेपछि प्लेयरलाई कसरी अघि बढाउने भनेर सरकारले सोच्नुपर्छ’ भनी सरकारलाई संकेत गरिन्।
  • फिल्मले धेरैलाई आफ्नो जीवनबारे स्पष्टता ल्याएको र प्रेरणा दिने अपेक्षा रहेको उनले बताइन्।

काठमाडौं । कलाकार तथा महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाले आफ्नो जीवनमा आधारित फिल्म ‘अञ्जिला’ हेरेर अन्य खेलाडी र सर्वसाधारणलाई प्रेरणा मिल्ने विश्वास आफूलाई लागेको बताएकी छन् ।

सोमबार अनलाइनखबरसँग कुरा गर्दै उनले यो फिल्म हेरेपछि सरकारले पनि खेलाडीले यो स्थानमा आउन कति संघर्ष गर्नुपर्छ र के कस्तो गर्नुपर्दो रहेछ भनेर बुझ्ने बताइन् ।

उनले भनिन्, ‘सरकारलाई पनि थाहा भए होला । उहाँहरुलाई पनि म्यासेज गए होला । यो ठाउँमा आउन प्लेयरलाई कति संघर्ष गर्नुपर्दो रहेछ र के गर्नुपर्दो रहेछ भनेर ।’

यो फिल्म हेरेपछि खेलाडीको लागि के गर्ने भनेर सरकारले सोच्ने अपेक्षा गरेको एन्जिलाले बताइन् । ‘यो मूभी देखेपछि प्लेयरलाई कसरी अघि बढाउने भनेर उहाँहरूले पक्कै पनि सोच्नुभएको होला’ सरकारतर्फ इंगित गर्दै उनले भनिन् ।

यो फिल्मले अन्य खेलाडी र मानिसलाई पनि प्रेरणा दिने अपेक्षा राखेको उनले बताइन् । यो फिल्मलाई आफूले ठूलो उपलब्धिको रुपमा लिएको बताउँदै उनले आफ्नो जीवनमा फिल्म बन्छ भनेर कहिल्यै नसोचेको बताइन् ।

धेरैले हेरेर आफ्नो जीवनबारे थाहा पाएको प्रतिक्रिया दिएको बताउँदै एन्जिलाले भनिन्, ‘तिम्रो कथा थाहा थिएन । फिल्म हेरेर छर्लङ्ग भयो भन्नुभयो ।’ फिल्ममा धेरै कुरा खुलाएपनि त्यसअघि आफूले निजी कुराहरू कसैलाई सेयर नगरेको उनले बताइन् ।

मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ सन् २०८१ को सुपरहिट फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?