+
+
Shares

शिल्पीले ‘लस्ट एन्ड फाउण्ड’ नाटक शनिबारसम्म मञ्चन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउण्ड’ जेठ १७ सम्म मञ्चन हुँदैछ।
  • घिमिरे युवराजद्वारा लिखित र निर्देशित नाटकले सामाजिक र ऐतिहासिक विषयहरू प्रस्तुत गर्दछ।
  • नाटकले वर्तमान र विगतको सम्बन्ध र पितृसत्ताको प्रभाव देखाउँछ।

काठमाडौं । शिल्पी थिएटरमा अहिले नाटक ‘लस्ट एन्ड फाउण्ड’ मञ्चन भैरहेको छ । जेठ ३ गतेदेखि सुरु भएको नाटकको मञ्चन जेठ १७ सम्म चल्ने थिएटरले सामाजिक संजालबाट दिएको छ ।

घिमिरे युवराजद्वारा लिखित एवं निर्देशित नाटकले यशोधरा र सिद्धार्थबिचको अन्तद्र्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेद लगायतका विषय प्रस्तुत गर्छ । नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, सुहाना आचार्य र गोविन्द ओलीको अभिनय छ ।

नाटक एउटा क्याफेबाट सुरू हुन्छ, जहाँ २५ वर्षकी भूमी र ४८ वर्षका सागर छन् । एकल आमाले हुर्काएकी अनागरिक युवती भूमी नाटककी मुख्य पात्र हुन् जो टुरिस्ट गाइडको रुपमा काम गर्छिन् । सागर क्यानडाबाट फर्किएका हुन्, जो दाम्पत्य जीवनबाट खुसी छैनन् ।

यी दुई पात्रलाई वर्तमान परिवेशमा देखाइएपनि उनीहरूमार्फत निर्देशकले दर्शकलाई विगतको कालखण्डमा लैजान्छन् । जसले अहिले भैरहेका सामाजिक र वैयक्तिक गतिविधि विगतसँग कसरी जोडिएर आएको हुन्छ भनेर चित्रण गरिएको छ ।

यसलाई पुष्टि गर्न निर्देशकले २६ सय वर्षअगाडि बुद्धको पालाको जीवन भोगाइ अहिले कसरी सान्दर्भिक छ भनेर देखाउन खोजेका छन् । नाटकमा पितृसत्ता कति बलियो छ र यसको ऐतिहासिक निरन्तरता कति बलियो छ भन्ने दर्शाइएको छ ।  नाटक हेरेका दर्शकले यसलाई भिन्न किसिमको मर्मस्पर्शी र सोचनीय नाटक बताएका छन् । नाटक मङ्गलवारबाहेक अन्य दिन साँझ ५ः१५ बाट र शनिवार दिउँसो १ बजेबाट सुरु हुने निर्देशकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?