
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा पक्राउ परेकी एनि कुँवरविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि उनी रिहा भएकी छिन्।
- जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा चलाउनु पर्ने प्रतिवेदन पठाएको थियो, तर जिल्ला सरकारी वकिल कार्यालयले पर्याप्त प्रमाण नरहेको भन्दै मुद्दा नचल्ने निर्णय गर्यो।
- उनले पत्रकार सुरेश रजकको मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धानमा तानिएकी थिइन्।
१३ जेठ, काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेकी एनि कुँवरविरुद्ध पनि मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएकी छिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन पठाएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय भने उनी संलग्न रहेको भन्ने पर्याप्त आधार र प्रमाण नरहेको भन्दै मुद्दा नचल्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै उनी गत आइतबार परिसरको हिरासतबाट छुटेकी छिन् । कुँवर पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसपछि उनी अनुसन्धानमा तानिएकी थिइन् ।
१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो, २० जनालाई प्रहरीको गोली लागेको थियो ।
प्रतिक्रिया 4