
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान १३ जेठमा पोखरा सम्पन्न भयो।
- मतदानमा १ हजार ४०४ मत खसेको र ३ घण्टामा नतिजा आउने निर्वाचन अधिकृतले जानकारी दिए।
- अध्यक्ष पदका प्रतिस्पर्धी क्षितिज थेबे र सुमन पुरी प्यानलसहित उत्रिएका छन्।
१३ जेठ, पोखरा। नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । मतदान सकिएपछि अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।
मतदानको ३ घण्टामा नतिजा आउने सक्ने निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए ।
युवा संघको निर्वाचनमा १ हजार ७६४ कूल प्रतिनिधि मतदाता थिए ।
अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4