+
+
Shares

रासायनिक मल कारखानाको ‘डीपीआर’ समीक्षा गर्न कार्यदल गठन

प्रतिवेदनको समीक्षा, पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगानी बोर्डले रासायनिक मल कारखानाको डीपीआर समीक्षा गर्न कार्यदल गठन गरेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

१३ जेठ, काठमाडौं । लगानी बोर्डले रासायनिक मल कारखानाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) समीक्षा गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ६३औं बैठकले उक्त निर्णय गरेको बोर्डका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

आजको बैठकमा नेपालमा रासायनिक मल कारखाना उत्पादन सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनबारे जानकारी लिइएको उनले बताए ।

प्रतिवेदनको समीक्षा, पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय बैठकले गरेको छ । सरकारले हरेकजसो बजेटमा रासायनिक मल कारखाना स्थापना घोषणा गरे पनि त्यसलाई कार्यान्वयनमा लैजान सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?