+
+
Shares

चुनावी नतिजा उत्सव वा निराशाको विषय होइन : क्षितिज थेबे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते २०:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय युवा संघको अध्यक्ष पदमा पुनः निर्वाचित क्षितिज थेबेले चुनावलाई प्राविधिक विषय मात्र भने।
  • उनीले आन्तरिक प्रतिस्पर्धालाई उत्सव र निराशालाई नमान्ने आग्रह गरे।
  • थेबेले युवा संघलाई एकताबद्ध राख्ने प्रतिबद्धता व्यक्त गरे।

१३ जेठ, काठमाडौं । राष्ट्रिय युवा संघको अध्यक्ष निर्वाचित भएपछि क्षितिज थेबेले चुनावको हारजितलाई प्राविधिक विषय मात्र मानेर जाने बताएका छन् ।

‘आन्तरिक प्रतिस्पर्धामा थियौं । जितलाई उत्सव र हारलाई निराशाका रुपमा नलिइदिन कार्यकर्तामाझ हार्दिक अनुरोध गर्न चाहन्छु’, थेबेले भने । उनी यसअघि पनि अध्यक्ष थिए ।

फेरि अध्यक्ष दोहोरिएर निर्वाचित थेबेले आन्तरिक प्रतिस्पर्धामा कोही विजेता र कोही उपविजेता बनेको टिप्पणी गरे । ‘यो ठूलो हर्सोल्लास होइन, निराशाको विषय होइन । जो, यो चुनावमा उपविजेता हुनुभएको छ, उहाँहरु पनि लामो समय यो आन्दोलनमा रहनु भएको क्षमतायुक्त साथीहरु हुनुहुन्छ’ उनले भने ।

थेबेले युवा संघलाई एकताबद्ध बनाएर लैजाने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?