+
+
Shares

मोरङमा ३०० किलो गाँजा बरामद, कारोबारी भागे

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १०:२२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको हो।
  • गाँजा करिब ३ बजे बक्रा खोला किनारबाट बरामद भएको हो र कारोबारी भागेका छन्।
  • मोरङ प्रहरीले घटनास्थलबाट ७ बोरामा राखिएको गाँजा बरामद गरी खोजी कार्य जारी राखेको जनाएको छ।

१४ जेठ, विराटनगर । बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको ।

बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो ।

गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेका थिए ।

घटनास्थलबाट ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।  भागेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?