
News Summary
Generated by OK AI. Editorially reviewed.- सविन राई र उनको ब्याण्ड ‘फारोह’ले सन् २०२५ को लागि अमेरिका टूरको घोषणा गरेका छन्।
- टूर २५ जुलाईदेखि २० सेप्टेम्बरसम्म विभिन्न अमेरिकी शहरहरूमा आयोजना हुनेछ।
- ब्याण्डको मुख्य सदस्यहरूमा सविन राई, जोन श्रेष्ठ, निकेश केसी, जीवन लामा र समूह व्यवस्थापक रहेका छन्।
काठमाडौं । पपगायक सविन राई र उनको ब्याण्ड ‘फारोह’ले सन् २०२५ को लागि ‘अमेरिका टूर’को घोषणा गरेको छ । २५ जुलाईदेखि २० सेप्टेम्बरसम्म सांगीतिक टूर हुन लागेको हो ।
२५ जुलाईमा कोलोराडोको डेनभरबाट टूर हुन हुनेछ । २६ जुलाइमा पेन्सिलभेनियाको पिटसबर्ग, १ अगस्टमा टेक्सासको ड्यालस, २ अगस्टमा नर्थ क्यारोलिनाको चार्लोट्टी, ८ अगस्टमा म्यासाचुसेट्सको बोस्टनमा ब्याण्डले प्रस्तुति दिनेछ ।
९ अगस्टमा ओहायाको सिनसिटआटी, १५ अगस्टमा टेक्सासको अस्टिन, १६ अगस्टमा इलिनियोसको सिकागो, २३ अगस्टमा पेन्सिलभेनियाको ह्यारिसबर्ग, ५ सेप्टेम्बरमा मिनिसोटाको मिनिआपोलिसमा ब्याण्डले प्रस्तुति दिनेछ ।
६ सेप्टेम्बरमा मेरिल्याण्डको सिल्भर स्प्रिङ, १२ सेप्टेम्बरमा जर्जियाको एटलान्टा, १४ सेप्टेम्बरमा न्यूयोर्क सिटी, १९ सेप्टेम्बरमा लस एन्जलस र २० सेप्टेम्बरमा सन फ्रान्सिस्कोमा प्रस्तुति दिने कार्यक्रम छ ।
ब्याण्डको वर्तमान लाइनअपमा सविन राई मुख्य गायक, गितारमा जोन श्रेष्ठ, निकेश केसी गितार, बासमा जीवन लामा, ड्रम्स र समूह व्यवस्थापक छन् ।
प्रतिक्रिया 4