
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाका तीन जना सांसदहरूको पीएसओ एकै पटक सरकारले खोसेको राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् ।
- आफू लगायत सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ खोसिएको उनले बताए ।
१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता गरिएको राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् ।
आफू लगायत राप्रपाका सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले खोसेको राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले बताए । उनले भने, ‘सरकारले राप्रपाका तीन जना सांसदको पीएसओ खोसेको छ । संसद्मा सबै सांसदहरू बराबर हुनुपर्थ्यो, तर भएन।’
शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4