+
+
Shares

अर्पण थापाले साइन् गरे ‘द ब्लु लाइट’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १६:५७
अर्पण थापा (दायाँ) ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता अर्पण थापाले आगामी मनोवैज्ञानिक थ्रीलर फिल्म ‘द ब्लु लाइट’ मा अभिनय गर्ने घोषणा गरे।
  • निर्देशक बलिराम चौधरीले कथावस्तु र कलाकारहरूको विवरण गोप्य राखेका छन् र चाँडै सार्वजनिक गर्ने बताए।
  • छायांकन साउन २१ देखि सुरु हुनेछ र फिल्म २०२५ भित्र प्रदर्शनमा आउनेछ।

काठमाडौं । अभिनेता अर्पण थापाले आगामी फिल्म ‘द ब्लु लाइट’ साइन गरेका छन् । यो मनोवैज्ञानिक थ्रीलर फिल्मको शीर्ष भूमिकामा यसअघि बेनिशा हमाल अनुबन्धित भैसकेकी छन् ।

गतसाता थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको यो फिल्मलाई बलिराम चौहानले निर्देशन गर्दैछन् । उनी अहिलेको प्रतीक्षित फिल्म ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक हुन् ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको सह–निर्माताको रूपमा रमन ग्रे छन् । निर्देशक चौहानले फिल्मको कथावस्तु र अन्य कलाकारहरूको विवरण अहिलेलाई गोप्य राखेका छन् । उनले चाँडै कलाकारको पूरै लाइनअप सार्वजनिक गरिने बताए ।

जेठ २१ देखि छायांकन सुरू हुने फिल्म नरेन्द्र मैनालीले खिच्नेछन् । यो फिल्मलाई सन् २०२५ भित्रै प्रदर्शनमा ल्याइने निर्माणपक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?