+
+
Shares

बेनिशाले साइन् गरिन् ‘द ब्लु लाइट’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ६ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘द ब्लु लाइट’ नामक साइकोलजिकल थ्रीलर फिल्मको निर्माण हुने भएको छ, जसको निर्देशन बलिराम चौहानले गर्नेछन्।
  • टिजर पोस्टर मंगलबार सार्वजनिक गरिएको र फिल्मको छायांकन जेठ २१ देखि सुरु हुने बताइएको छ।
  • फिल्मको शीर्ष भूमिकामा बेनिशा हमाल अनुबन्धित भएकी छन्, र कलाकारमा अर्पण थापा र सृष्टि श्रेष्ठको नाम पनि उल्लेख गरिएको छ।

काठमाडौं । महिलाप्रधान कथावस्तुमा बन्न लागेको साइकोलजिकल थ्रीलर फिल्म ‘द ब्लु लाइट’ निर्माण हुने भएको छ । ‘बलिदान’ फेम्ड पटकथा लेखक तथा मुख्य सहायक निर्देशक बलिराम चौहानले यो फिल्म निर्देशन गर्नेछन् ।

मंगलबार टिजर पोस्टर सार्वजनिक गरिएको छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको सहनिर्मातामा रमन ग्रे हुनेछन् ।

नरेन्द्र मैनालीले फिल्म खिच्नेछन् । जेठ २१ देखि छायांकन सुरु हुने फिल्मलाई यसैवर्ष प्रदर्शन तयारी छ । टिजर पोस्टरमा नीलो प्रकाशको पृष्ठभूमिमा उभिएकी एक बालिकालाई चित्रण गरिएको छ ।

यो फिल्मको शीर्ष भूमिकामा बेनिशा हमाल अनुबन्धित छिन् । बैशाखमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिँदा निर्माताले कलाकारमा अर्पण थापा र सृष्टि श्रेष्ठको नाम पनि उल्लेख गरेका छन् ।

‘मैले यो फिल्मबाट निकै आशा राखेको छु । यसमा लोभलाग्दो क्यारेक्टर छ’ अनलाइनखबरसँग बेनिशाले भनिन्, ‘कुनै आर्टिस्टलाई काम देखाउन पाए हुन्थ्यो भन्ने क्यारेक्टर यसमा छ । चुनौतिपूर्ण पात्र यसमा छ ।’

कामको कुरा गर्दा, बेनिशा अहिले चितवनमा छायांकन भैरहेको ‘बिगुल’मा ब्यस्त छिन् । उनी अभिनित कल्ली, सिटामोल, मोहर र एक्लो प्रदर्शन तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?