+
+
Shares

चन्द्रागिरिस्थित कपास उद्योगमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १४ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १४ जेठ काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ मा विष्णु देवी कपास उद्योगमा आगलागी भयो।
  • आगलागी नियन्त्रण गर्न तीनवटा दमकल र ४९ जना सुरक्षाकर्मी परिचालन भए।
  • आगो अहिले नियन्त्रणमा आएको र क्षतिको विवरण आउन बाँकी छ।

१४ जेठ, काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२, गोकुल पार्टीस्थित विष्णु देवी कपास उद्योगमा मंगलबार दिउँसो आगलागी भएको छ।

राजु रन्जितकार सञ्चालक रहेको कारखानामा दिउँसो ४ः२० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका, नेपाल आयल निगम र चन्द्रागिरि नगरपालिकाका तीनवटा दमकल प्रयोग गरिएको थियो।

प्रहरीका अनुसार, ४९ जना सुरक्षाकर्मी सशस्त्र प्रहरी अस्पतालबाट १७ जना र युद्ध कवच गण सितापाइलाबाट ३२ जना आगो निभाउन खटिएका थिए ।

आगो अहिले नियन्त्रणमा आइसकेको छ । क्षतिको विवरण आउन बाँकी छ ।

तस्वीरहरुः रोशन दानी/चन्द्रागिरि

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?