
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले काठमाडौंमा एक हप्ता बस्ने तयारी गर्न आह्वान गरे।
- उनले जेठ १५ गतेदेखि राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको स्थापनाका लागि आन्दोलन जारी राख्ने बताए।
- लिङ्देनले सरकारको दमन र अवरोधको खण्डमा प्रतिकार आवश्यक हुने बताएका छन्।
१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कम्तीमा एक हप्ता काठमाडौंमै बसेर आन्दोलन गर्नेगरी तयारीमा रहन आह्वान गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।
जेठ १५ गतेदेखि राजावादीहरूले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
‘बाहिरबाट आउनुभएका साथीहरूलाई भोलि बेलुका फर्किनेगरी पहिलाको जस्तो बसको, प्लेनको टिकटको व्यवस्था नगर्नुहोला,’ उनले भने, ‘कम्तीमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारीका साथ यहाँ रहनु होला । बस्ने क्रममा कुनै प्रकारका असुविधा नहोस् भन्नेमा हामी सचेत छौँ ।’
सोही विषयमा थप बोल्दै उनले दमन र अवरोध गर्नेगरी सरकार अघि बढेको खण्डमा प्रतिकार जरुरी रहेको लिङ्देनले बताए ।
सरकारले दमनबाटै ठिक लगाउने भन्ने हिसाबले र कार्यक्रम अवरोध गर्नेतर्फ सरकार अघि बढ्यो भने प्रतिकार जरुरी हुने बताए ।
‘हामीले पहिला पहिला गरेका आन्दोलनहरू मूल आन्दोलनको बाटो निर्माणका लागि गरेको आन्दोलन थियो । भोलिको आन्दोलन मूल आन्दोलन हो । भोलि सुरुमात्रै हो । हाम्रो आन्दोलन निरन्तर रुपमा रहन्छ,’ उनले भने ।
प्रतिक्रिया 4