+
+
Shares

बजेटको झोला बोकेर मन्त्रालयबाट निस्किए अर्थमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा बजेट भाषण प्रस्तुत गर्न संसद भवनतर्फ निस्किए।
  • बजेट भाषण दिउँसो ३ बजे अर्थ मन्त्रालयबाट संसद भवनसम्मको यात्रा सम्पन्न हुनेछ।
  • सामान्यतया बजेटको प्रस्तुतीकरण दुवै सदनको संयुक्त बैठकमार्फत हुने व्यवस्था छ।

१५ जेठ, काठमाडाैं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् । यस वर्षको बजेट भाषण  दिउँसो ३ बजे अर्थमन्त्री पौडेलले प्रस्तुत गर्दैछन् ।

अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो । गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए ।

विगतका वर्षहरुमा अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे । यसपालि पनि गठनबन्धन सरकारका अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका छन् ।

हेर्नुहोस् तस्वीहरूः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?