+
+
Shares

वर्षमा एक व्यक्तिलाई दुध ९० लिटर, अण्डा ५५ वटा उपलब्ध

नेपालमा प्रतिव्यक्तिलाई वर्षमा करिब ९० लिटर दुध र ५५ वटा अण्डा उपलब्ध हुने देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा वर्ष २०८०/८१ मा प्रति व्यक्तिलाई ८९.६ लिटर दुध र ५५.५ वटा अण्डा उपलब्ध भएको अर्थमन्त्री विष्णु पौडेलले बताए।
  • सर्वेक्षणले दुध र अण्डाको उत्पादन वृद्धिले उपलब्धता बढेको देखाएको छ र उत्पादनमा क्रमिक वृद्धि भएको छ।
  • दुधको उत्पादन गत वर्षको तुलनामा १७ लाख ८९ हजार मेट्रिक टन पुगेको छ।

१५ जेठ, काठमाडौं । नेपालमा प्रतिव्यक्तिलाई वर्षमा करिब ९० लिटर दुध र ५५ वटा अण्डा उपलब्ध हुने देखिएको छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले दुध र अण्डाको उत्पादन बढ्दा उपलब्धता बढेको देखाएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल दूध उत्पादन करिव २.७ प्रतिशतले वृद्धि भई दूधको उपलब्धता ८९.६ लिटर प्रति व्यक्ति प्रति वर्ष पुगेको हो ।

यस्तै गत आर्थिक वर्षमा व्यवसायिक लेयर्सको सङ्ख्यामा वृद्धि हुँदा अण्डा उत्पादन २.४ प्रतिशतले वृद्धि भई प्रति व्यक्ति प्रति वर्ष अण्डाको उपलब्धता ५५.५ गोटा पुगेको सर्वेक्षणमा उल्लेख छ ।

दुधको बढ्यो उत्पादन

विगत तीन दशकदेखि सञ्चालित कृत्रिम गर्भाधान सेवा, नश्ल सुधार कार्यक्रम, सन्तुलित आहाराको उपलब्धता, पशु रोग नियन्त्रण र पशुपालनका असल अभ्यासको प्रवद्र्धनले उन्नत नश्लका गाईभैंसीको सङ्ख्या तथा उत्पादकत्वमा उल्लेख्य वृद्धि भएको सर्वेक्षणले देखाएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म दूध उत्पादन १७ लाख ८९ हजार मेट्रिक टन पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादन २६ लाख ८४ हजार मेट्रिक टन रहेको थियो। यसमध्ये गाईबाट उत्पादन भएको दूधको हिस्सा ४७.८ प्रतिशत र भैंसीबाट उत्पादन भएको दूधको हिस्सा ५२.२ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?