
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी विशेष आर्थिक क्षेत्र (सेज) को मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै त्यस्तो छुट दिने घोषणा गरेका हुन् ।
उनले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति प्राप्त गर्ने उद्योगलाई सुरुका ३ वर्ष भाडा छुट दिइने पनि बताए ।
औद्योगिक क्षेत्रका उद्योगले उत्पादन गरेका वस्तु उत्पादनको ३० प्रतिशतभन्दा बढी निर्यात गरे विशेष आर्थिक क्षेत्रसरह सुविधा दिने उनले उल्लेख गरे ।
त्यस्तै औद्योगिक पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रतिक्रिया 4