+
+
Shares

सिक्टा र वृहत दाङ सिंचाइ आयोजनालाई ८ अर्ब बजेट

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा ८ अर्ब रुपैयाँ सिंचाइ परियोजनाका लागि घोषणा गरे।
  • भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्न २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ।
  • सिंचाइ प्रणालीको मर्मतका लागि १ अर्ब ८२ करोड विनियोजन गरिएको छ।

१५ जेठ, काठमाडौं । सरकारले सिक्टा सिंचाइ र वृहत् दाङ सिंचाइ परियोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट घोषणा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् ।

भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क र पावर हाउस निर्माण कार्य २ वर्षभित्र सम्पन्न गरिने भएको छ । यसका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।

सिंचाइ प्रणालीको मर्मतमा एक अर्ब ८२ करोड विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?