
फाइल तस्वीर : बिराटनगर–कटहरी निर्माणाधीन रेलमार्ग
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले झापाको काँकडभिट्टा देखि सुनसरीको इनरुवा सम्म रेलमार्ग निर्माणका लागि रोक्का जग्गा फुकुवा गर्ने घोषणा गरे।
- पाँच वर्षअघि पूर्व पश्चिम रेलमार्गको रेखाङ्कनपछि जग्गा रोक्का गरिएको थियो र मुआब्जा नपाएको जग्गाधनीहरूले आन्दोलन गरेका थिए।
- सरकारले मुआब्जा वितरण गर्न नसकेपछि रोक्का फुकुवा गर्ने निर्णय गरेको हो।
१५ जेठ, विराटनगर । झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म रेलमार्ग निर्माणका लागि रोक्का राखेको जग्गा फुकुवा हुने भएको छ ।
बजेट भाषणका क्राममा अर्थमन्त्री विष्णु पौडेलले रोक्का फुकुवा गर्ने घोषणा गरेका हुन् ।
पूर्व पश्चिम रेलमार्ग निर्माणका लागि पाँच वर्ष अघि रेखाङ्कन गरि निर्माण क्षेत्रको जग्गा रोक्का राखिएको थियो ।
जग्गा धनीले मुआब्जा नदिने भए रोक्का फुकुवा माग गर्दै एक वर्षयता आन्दोलन गरिरहेका थिए ।
मुआब्जा वितरण गर्न नसकेको सरकारले रोक्का फुकुवा गर्ने घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4