
News Summary
Generated by OK AI. Editorially reviewed.- शैक्षिक सत्र २०८१ मा आधारभूत शिक्षाको विद्यार्थीको दर ८२.४ प्रतिशत पुगेको छ।
- शैक्षिक सत्र २०८१ मा ४१ हजार २ सय ८४ प्रारम्भिक बालविकास केन्द्र सञ्चालनमा रहेका छन्।
- बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाको अनुपात ७६.३ प्रतिशत रहेको छ।
१६ जेठ, काठमाडौं । आधारभूत शिक्षाको तह पूरा गर्ने विद्यार्थीको दर बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शैक्षिक सत्र २०८० मा यस्तो दर ८०.३ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०८१ मा ८२.४ प्रतिशत पुगेको छ ।
प्रारम्भिक बालविकास केन्द्र (ईसीडी) को संख्या बढेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शैक्षिकसत्र २०८१ मा ४१ हजार २ सय ८४ प्रारम्भिक बालविकास केन्द्र तथा पूर्व प्राथमिक कक्षा सञ्चालनमा रहेको जनाएको छ ।
जसमा संघ र स्थानीय तहको अनुदानमा सञ्चालित सामुदायिकको संख्या ३३ हजार ४ सय ७० र ७ हजार ८१४ संस्थागत रहेका छन् । शैक्षिक सत्र २०८० मा ४० हजार ६ सय ८४ रहेको थियो ।
शैक्षिक सत्र २०८१ मा प्रारम्भिक वालविकास कक्षामा १३ लाख १ हजार ४ सय २८ भर्ना भएका छन् । शैक्षिक सत्र २०८० मा १२ लाख ८६ हजार ५ सय २६ रहेको थियो ।
शैक्षिक सत्र २०८१ मा बालविकास केन्द्रको अनुभव लिई कक्षा १ मा भर्ना हुने विद्यार्थीको अनुपात ७६.३ प्रतिशत रहेको छ । शैक्षिक सत्र २०८० मा यस्तो अनुपात ७६.९ प्रतिशत रहेको थियो ।
बाल विकास कक्षामा भर्ना भएका कुल बालबालिकामा छात्रको संख्या छात्राको भन्दा उच्च रहेको छ । बालविकास केन्द्र तथा पूर्व प्राथमिक कक्षामा छात्र र छात्राको अनुपात क्रमशः ५५.१ प्रतिशत र ४४.९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया 4