+
+
Shares

बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा १६ जेठमा बाँसका भाटा हानेर सोलुखुम्बुमा प्रेम कुमार कुलुङ राईको हत्या भयो।
  • प्रहरीले रघु कुलुङ राईलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ।
  • प्रेम कुमारलाई बिहीबार राति बाँस र लाठ्ठी प्रहार गरिएको थियो, उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भयो।

१६ जेठ, काठमाडौं । बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ ।

हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् । राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्युको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?