+
+
Shares

प्रतिनिधिसभाको क्यालेन्डरः जेठ-असारमा १९ दिन बैठक

सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन बस्नेगरी संस्दको क्यालेन्डर पारित गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १५:५५
Photo Credit : रासस ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठक ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसद् बैठक जेठ २० देखि असार १५ सम्म १९ दिन बस्नेछ, जसमा बजेट छलफल र विधेयक पेश गरिनेछ।
  • सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिले तालिका पारित गरेको हो ।
  • शिक्षा विधेयक र केही अन्य विधेयकहरू भने क्यालेन्डरमा परेका छैनन् ।

१६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ ।

सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन बस्नेगरी संस्दको क्यालेन्डर पारित गरेको हो ।

पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार यही २० गतेबाट बजेटमाथि छलफल प्रारम्भ हुनेछ । २३ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका जवाफमा प्रष्टीकरण दिने छन् । २६ गतेबाट मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू राखिएको छ ।

सम्भावित तालिकाअनुसार २० गते संघीय निजामती सेवा विधेयक पेश गरिनेछ । त्यस्तै २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिनेछ ।

शिक्षा विधेयक भने यो तालिकामा परेको छैन । उक्त विधेयक संसदीय समितिबाट नटुंगिएकाले पछि कार्यसूचीमा राखिने नेताहरूले बताएका छन् । राजधानीमा २१ दिनसम्म आन्दोलन गरेका शिक्षकसँगको सहमतिअनुसार सरकारले अबको उक महिनाभित्र (असार १५ सम्म) शिक्षा ऐन जारी गर्नुपर्छ ।

यस्तो छ, संसद्को कार्यतालिका :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?