News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले लिभरपुलका डिफेन्डर अलेक्जेन्डर-आर्नोल्डलाई १० मिलियन युरो तिरेर अनुबन्ध गरेको हो।
 - आर्नोल्डले लिभरपुलसँगको सम्झौता २०२५ मा समाप्त हुने भएपनि नयाँ सम्झौता नगर्ने निर्णय गरेपछि क्लबले उनलाई बिदाइ गरेको हो।
 - उनी ६ वर्षे सम्झौतामा मड्रिडमा प्रवेश गरी क्लब वर्ल्ड कपमा पहिलो खेल खेल्नेछन्।
 
१६ जेठ, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले इंग्ल्याण्डका डिफेन्डर ट्रेन्ट अलेजान्डर-आर्नोल्डलाई क्लबमा अनुबन्ध गरेको छ। यसअघि लिभरपुलमा रहेका आर्नोल्ड रियलमा अनुबन्धित भएको दुवै क्लबले पुष्टि गरेका हुन्।
ईएसपीएनमा उल्लेख भएअनुसार मड्रिडले अलेजान्डर-अर्नोल्डलाई क्लब वर्ल्ड कप खेल्न पाउने गरी अगाडि नै ल्याउन लिभरपुललाई १० मिलियन युरो तिरेको छ।
२६ वर्षीय आर्नोल्डले लिभरपुलसँग नयाँ सम्झौता नगर्ने निर्णय गरेपछि क्लबले उनलाई यो समरमा बिदाइ गर्ने घोषणा गरिसकेको थियो। उनको लिभरपुलसँगको अनुबन्ध सन् २०२५ जुन ३० मा समाप्त हुने तय थियो।
रियल मड्रिडले आर्नोल्डसँग ६ वर्षे सम्झौता गरेको जनाएको छ। उनी क्लबको पुनर्निर्मित डिफेन्स लाइनको हिस्सा हुनेछन्।
उनको मड्रिडका लागि पहिलो खेल क्लब वर्ल्ड कपमा जुन १८ मा अल हिलालविरुद्ध हुनेछ। खेल अमेरिकाको मियामीमा हुनेछ।
अलेक्जेन्डर आर्नोल्डले लिभरपुलबाट खेल्दा सन् २०१९ को च्याम्पियन्स लिग तथा २०२० र २०२५ को प्रिमियर लिग उपाधि जितेका छन्।
लिभरपुलले विज्ञप्ति जारी गर्दै उनको सफल योगदानप्रति क्लब आभारी रहेको उल्लेख गरेको छ ।
-ईएसपीएनबाट
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4