+
+
Shares

एमालेभन्दा राप्रपाको जुलुस ठूलो देखिनु युवामा आएको नैराश्यताको परिणाम : कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. शेखर कोइरालाले युवाहरुमा नैराश्यताको कारण लोकतान्त्रिक आचरणको अभाव बताए।
  • उहाँले भने, ‘हामीले असल काम गरेर युवाहरुको मन जित्नुपर्छ।’
  • उनले राजनीतिक नैतिकताको कमजोरिले राजनीतिक स्थिरता नआउने बताए।

१६ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले एमालेको भन्दा राप्रपाको जुलुस ठूलो देखिनु युवाहरूमा आएको नैराश्यताको परिणाम भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिलेको नेताहरूको आचरण लोकतान्त्तिक गणतन्त्रको नभएको पनि बताए ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस र एमालेको जुलुस के थियो भन्ने कुरा छुनुभयो । किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरुमा नैराश्यता रहेको छ,’ कोइरालाले भने, ‘उनीहरूले बाटो खोजिरहेका छन् । उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही ४ जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने ? हामीले असल काम गरेर युवाहरुको मन जित्न सक्नुपर्छ ।’

उनले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने बताए । कांग्रेस सरकारमा रहेको तर सत्तामा नरहेको उनले दोहोर्‍याए ।

सरकारले गरेका असल कामलाई असल र खराबलाई खराब भन्नुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?