+

नेपाली महिला फुटबल टिम थाइल्याण्डसँग पराजित

२०८२ जेठ  १६ गते १८:१० २०८२ जेठ १६ गते १८:१०
नेपाली महिला फुटबल टिम थाइल्याण्डसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला टोलीले आज थाइल्याण्डसँग क्लोज डोरमा भएको खेलमा हार बेहोरेको छ।
  • अब नेपाली टोलीले आगामी जुन २ मा थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

१६ जेठ, काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल्न थाइल्याण्ड पुगेको नेपाली महिला टोलीले पहिलो खेलमा हार बेहोरेको छ ।

नेपाल र थाइल्याण्डको महिला टोलीबीच आज क्लोज डोरमा भएको खेलमा नेपाल १-० ले पराजित भएको हो । नेपालले दोस्रो हाफमा गोल बेहोरेको हो ।

अब नेपाल र थाइल्याण्डबीच जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।

नेपाली टिम

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

नेपाली महिला फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय