
News Summary
Generated by OK AI. Editorially reviewed.- नाडा अटोमोबाइल एसोसिएसनले २०८२/८३ को बजेटलाई अटोमोबाइल क्षेत्रमैत्री भन्दै स्वागत गरेको छ।
- बजेटले व्यवसायलाई गतिशील बनाउन र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने नाडाले विश्वास व्यक्त गरेको छ।
१६ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले अटोमोबाइल क्षेत्रमैत्री बजेट भन्दै स्वागत गरेको छ ।
बजेटपछि आधिकारिक धारणा सार्वजनिक गर्दै नाडाले नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन बजेटले सहयोग पुग्ने जनाएको हो ।
‘नाडाको नीतिगत सुझाव मनन गरी आर्थिक वर्ष २०८२/८३ को बजेट अटोमोबाइल क्षेत्रमैत्री आएको छ,’ नाडाले आधारिक धारणामा भनेको छ ।
नाडाका अनुसार बजेटले नेपालको अटोमोबाइल क्षेत्रको वर्षौंदेखिको माग र आवाज समेटेको छ ।
‘यो बजेट व्यवसायमैत्री रहेको र यस बजेटले उद्यमी–व्यवसायीलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै आगामी मौद्रिक नीति समेत यसै अनुरूप आउने अपेक्षा राखेका छौं,’ नाडाको विज्ञप्तिमा छ ।
प्रतिक्रिया 4