+
+
Shares

सुर्ती-चुरोटमा सरकार उदारः थोरै बढ्यो चुरोट–सिगारको भन्सार र अन्तःशुल्क

सरकारले चुरोटका विभिन्न प्रकारका सिगार, बिँडी तथा सुर्ती आयातमा भन्सार दर बढाएको छ । तर, धुलो सुर्तीको भने भन्सार दर घटाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते २०:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सिगार, चुरोट र सुर्तीको भन्सार दर वृद्धि गरेको छ, धुलो सुर्तीको भन्सार भने घटाएको छ।
  • आर्थिक विधेयक २०८२ अनुसार, प्रिमियम चुरोटमा ५ र सस्तो चुरोटमा ३ प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको हो।
  • सुर्तीजन्य पदार्थमा स्वास्थ्य जोखिम कर यथावत राखिएको छ।

१६ जेठ, काठमाडौं । सरकारले सिगार, चुरोट तथा सुर्तीको भन्सार तथा अन्तःशुल्क सामान्य रुपमा बढाएको छ । सरकारले प्रिमियम चुरोटमा ५ प्रतिशत र सस्तो चुरोटमा ३ प्रतिशतका दरले अन्तःशुल्क वृद्धि गरेको हो । सरकारले विभिन्न प्रकारका सिगार, बिँडी तथा सुर्ती आयातमा भन्सार दर पनि बढाएको छ ।

तर, धुलो सुर्तीको भने भन्सार दर घटाएको छ । चुरोट सिगारमा प्रयोग हुने सुर्तीको भन्सार शतप्रतिशतसम्मले बढाएको छ । तर, तयारी चुरोट, सिगारमा भने प्रतिहजार खिल्ली अधिकतम्  २ हजारसम्म भन्सार वृद्धि वृद्धि गरेको छ । सरकारले चुरोट सिगारको भन्सार लम्बाइका आधारमा निर्धारण गर्छ ।

आगामी आव २०८२/८३ को बजेटमा सुर्तीको चुरोटमा केवल ३ देखि ५ प्रतिशतको झिनो वृद्धि र अन्य सूर्तीजन्य पदार्थमा शून्य वृद्धिले सुर्तीजन्य पदार्थलाई नियन्त्रणभन्दा पनि प्रोत्साहन गर्न खोजेको देखिन्छ । यो अन्तःशुल्क वृद्धि मुद्रास्फीतिसँग समायोजन गरी हेर्दा र अन्य सुर्तीजन्य पदार्थमा भएको शून्य प्रतिशतको वृद्धिले सुर्तीजन्य पदार्थ झन् सस्तो हुने देखिन्छ ।

आर्थिक विधेयक २०८२ आर्थिक विधेयक २०८१
वस्तुको नाम सार्क अन्य मुलुक सार्क अन्य मुलुक
सुर्ती भएको सिगार प्रतिहजार खिल्ली  रु. ११००० प्रतिहजार खिल्ली  रु. ११००० प्रतिहजार खिल्ली  रु. ९००० प्रतिहजार खिल्ली  रु. ९०००
फिल्टर नभएको चुरोट प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ४५०० प्रतिहजार खिल्ली  रु. ४५००
७० मिमिसम्मको लम्बाइ भएको चुरोट प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ४५०० प्रतिहजार खिल्ली  रु. ४५००
७५ मिमिसम्मको लम्बाइ भएको चुरोट प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ४५०० प्रतिहजार खिल्ली  रु. ४५००
८५ मिमिसम्मको लम्बाइ भएको चुरोट प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ४५०० प्रतिहजार खिल्ली  रु. ४५००
८५ मिमिभन्दा धेरै लम्बाइ भएको चुरोट प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ४५०० प्रतिहजार खिल्ली  रु. ४५००
तयारी बिँडी प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ५५०० प्रतिहजार खिल्ली  रु. ४५०० प्रतिहजार खिल्ली  रु. ४५००
सबै प्रकारका सिगार प्रतिहजार खिल्ली  रु. ११००० प्रतिहजार खिल्ली  रु. ११००० प्रतिहजार खिल्ली  रु. ९००० प्रतिहजार खिल्ली  रु. ९०००
अन्य चुरोट तथा सिगार प्रतिहजार खिल्ली  रु. ११००० प्रतिहजार खिल्ली  रु. ११००० प्रतिहजार खिल्ली  रु. ९००० प्रतिहजार खिल्ली  रु. ९०००
चुरोट तथा बिँडीको तयारी सुर्ती ६० प्रतिशत ६० प्रतिशत ३० प्रतिशत ३० प्रतिशत
अन्य सुर्ती ६० प्रतिशत ६० प्रतिशत ३० प्रतिशत ३० प्रतिशत
समरुपी सुर्ती ६० प्रतिशत ६० प्रतिशत ३० प्रतिशत ३० प्रतिशत
धुलो सुर्ती ६० प्रतिशत ६० प्रतिशत ८० प्रतिशत ८० प्रतिशत
अन्तःशुल्क
सुर्ती भएको सिगार
फिल्टर नभएको चुरोट रु. ७७८ प्रति मि रु. ७५५ प्रति मि
७० मिमिसम्मको लम्बाइ भएको चुरोट रु. १७९२ प्रति मि रु. १७४० प्रति मि
७५ मिमिसम्मको लम्बाइ भएको चुरोट रु. २४४१ प्रति मि रु. २३७० प्रति मि
८५ मिमिसम्मको लम्बाइ भएको चुरोट रु. ३२१३ प्रति मि रु. ३०६० प्रति मि
८५ मिमिभन्दा धेरै लम्बाइ भएको चुरोट रु. ४४१० प्रति मि रु. ४२०० प्रति मि
तयारी बिँडी प्रतिएम ९६ रुपैयाँ
सबै प्रकारका सिगार प्रतिखिल्ली ३१ रुपैयाँ
अन्य चुरोट तथा सिगार प्रतिखिल्ली ३१ रुपैयाँ
चुरोट तथा बिँडीको तयारी सुर्ती प्रतिकिलो रु. ३५०
अन्य सुर्ती प्रतिकिलो रु. ३५०
समरुपी सुर्ती प्रतिकिलो रु. ५००
धुलो सुर्ती प्रतिकिलो रु. ४८०

सुर्तीजन्य पदार्थमा लगाइने स्वास्थ्य जोखिम कर न्यून रहेको र आव २०७९/८० देखि एउटै दर यथावत रहेको छ । स्वास्थ्य जोखिम करका रूपमा बिँडी प्रतिखिल्ली ३० पैसा, चुरोट/सिगार प्रतिखिल्ली ६० पैसा र सुर्ती, खैनी, गुट्खा, पानमसला प्रतिकिलो ६० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?