+
+
Shares

सापकोटाको ‘यात्राको लय’माथि चर्चापरिचर्चा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदीप सापकोटाको 'यात्राको लय' नियात्रा कृतिमा विभिन्न समीक्षकहरूले नेपाली साहित्यमा यसको महत्व र शैलीको प्रशंसा गरे।
  • समीक्षकहरूले कृतिमा स्थानीयता, अनुभूति, र लालित्यपूर्ण वर्णनको विशेषता देखाएका छन्।
  • कार्यक्रममा सहभागीहरूले कृतिले नयाँ उचाई हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

काठमाडौं। प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय‘माथि चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार उत्पला क्याफे बौद्धमा भएको कार्यक्रममा विभिन्न समीक्षक एवं चर्चाकारहरुले यात्राको लयमाथि परिचर्चा गरे।

कार्यक्रममा सपाट वर्णनमात्र नियात्रा नहुने भन्दै वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन‘ले पचासको दशकपछि नियात्रा नेपाली साहित्यमा थप चलायमान भएर आएको बताए ।

प्रदीप सापकोटाको यात्राको लयमा पाठकलाई सँगै डोर्याएर लिन सक्ने सामार्थ्य छ भन्दै उनले भने, ‘निजात्मक अनुभूति र भावनालाई स्थानीयतामा डुबेर नियात्रा लेखेका छन्।  यसले उनको नियात्रामा खुवी देखाएको छ । नियात्राकारले थप उचाई लिने सिर्जना गर्न कृतिले चुनौती थपिदिएको छ।’

अर्का चर्चाकार वरिष्ठ नियात्राकार जय छाङ्छाले ‘यात्राको लय‘ मार्फत प्रदीप सापकोटाले एउटा आशावादी नियात्राकारको रुपमा आफूलाई उभ्याएको बताए ।

उनले भने , ‘सिद्धान्त र बिम्ब विधानहरु समावेश गरिएका नियात्राहरु बलिया रहेका छन् । वास्तवमा नियात्रा राम्रा छन् कि छैनन् भन्ने कुरा पाठकले ह्रदयले पढेपछि थाहा हुन्छ।’ उनले आगामी दिनमा थप उत्कृष्ट नियात्रा लेख्नको निम्ति शुभकामना दिए ।

अर्का चर्चाकार निबन्धकार श्रीबाबु कार्कीले तत्कालीन द्वन्द्वकालको झल्को दिने नियात्राहरु बढी रहेको यात्राको लयमा नेपाल यात्राकै पेरिफेरिमा प्रायः नियात्राहरु रहेको बताए ।

उनले कृतिमाथि चर्चा गर्दै भने, ‘नियात्राकारले जहाँ जान्छन् त्यहाँका सुक्ष्म कुराहरु जुन कुराले उनको मन छुन्छ तिनीहरुलाई आफ्नो नियात्राको विषय बनाएका छन् । अनुभूति र नजिकका सबै दृश्यहरु नियात्राकारको ब्रम्हबाट तानिएका छन् । उनका नियात्रामा सपाट वर्णन मात्र छैन् लालित्यपूर्ण छन् ।भोगाइ छन् । पाठक तान्ने खुवी राख्छन्।’

वरिष्ठ नियात्राकार पवन आलोकले आफूले यात्राको लय पढेको भन्दै मन छोएको बताए । नियात्राकार सापकोटालाई आलोकले शालिन, सरल व्यक्तिको रुपमा चिनेको बताए ।

यसैगरी राधेश्याम लेकालीले कृतिकार नियात्राकार र सञ्चारकर्मी दुबैमा अब्बल देखिएको बताए ।

अर्का वक्ता डा.शैलेन्दुप्रकाश नेपालले प्रदीप सापकोटाको लेखनी राम्रै रहेको आफूलाई लागेको बताए ।

नियात्राकार प्रदीप सापकोटाले रहरले लेख्न सुरु गरेकोमा थप जिम्मेवार भएर लेख्न पर्ने महसुस गरेको बताए । उनले उपस्थित सबैप्रति आभार प्रकट पनि गरे ।

सुसेलीका प्रवद्र्धक दुर्गाप्रसाद अधिकारी भमरकोटेले केही सुसेली प्रस्तुत गरे ।

सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष तारा केसीले राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?