+
+
Shares

रस्सियन कम्युनिष्ट पार्टीका महासचिवलाई प्रधानमन्त्री ओलीको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १३:५३

१८ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रस्सियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा पठाएका छन् ।

रस्सिया भ्रमणमा रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले शनिबार भएको भेटका क्रममा महासचिव जुगानोभलाई प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन् ।

महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिएको डा. भट्टराईले जनाएका छन् ।

भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध विषयमाथि छलफल भएको जनाइएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?