+
+
Shares

प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् ।
  • शिलान्यास डिजिटल प्रविधिबाट जनकपुरधाममा भएको हो र प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक निर्माण हुनेछ।
  • मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले \'एक निर्वाचन क्षेत्र, एक सडक\' योजना अन्तर्गत निर्माण कार्य सुरु गरेको हो।

१८ जेठ, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् ।

मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय मन्त्रालयले ८ वटै जिल्लाको ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्माण गर्न लागिएको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ को प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।

जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रको सभाहलमा डिजिटल प्रविधिबाट सडकको शिलान्यास गरिएको हो ।

प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने पूर्वाधार विकास मन्त्री सरोज यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?