+
+
Shares

अरु देशमा सम्पत्ति थुपारेका छैनौं, कतै भाग्दैनौं : राधिका शाक्य

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राधिका शाक्यले आफूहरू कहिल्यै देश छोडेर नभाग्ने बताइन् र देशका लागि आफूहरूले रगत दिएर लड्ने प्रतिबद्धता व्यक्त गरिन्।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै उनले देशको विकास र परिवर्तन हेर्न आग्रह गरिन्।
  • शाक्यले प्रजातन्त्र र लोकतन्त्रपछि भएका परिवर्तनहरू अध्ययन गर्न र सबैले योगदान गर्न आह्वान गरिन्।

१८ जेठ, भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यले आफूहरू कहिल्यै देश छाडेर नभाग्ने बताएकी छिन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अघि ‘हेलिकप्टरमा भाग्नका लागि तयारी रहनू’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति टिप्पणी गर्दै शाक्यले शरीररमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहेको बताइन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले, हामीले यत्रो वर्ष देशका लागि आफ्नो सम्पूर्ण शक्ति खर्च गरिसकेका छौँ । भागेर जान अरु कुनै देशमा सम्पत्ति थुपारेर राखेका छैनौं, हामी भाग्दैनौं, कतै जाँदैनौं पनि, एक थोपा रगत भएसम्म हामी देशका लागि लड्छौं,’ उनले भनिन् ।

आइतबार ‘मध्यपुरथिमिमा जेसुम’ लोकार्पण कार्यक्रममा बोल्ने क्रममा शाक्यले देशमा प्रजातन्त्र आएपछि र लोकतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायतका क्षेत्रमा कति परिवर्तन भए भनेर हेर्न पनि आग्रह गरिन् ।

‘देशमा कही भएन भन्नेहरूले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरू अध्ययन गर्नस्, प्रजातन्त्र स्थापना पछि देशका कति धेरै परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो,’ शाक्यले भनिन् ।

अझै पनि समय भएकाले आन्दोलन छाडेर सबैले सबैको तहबाट आफूले गर्न सक्ने जति देश र जनताका लागि योगदान गर्न उनले आह्वान गरिन् ।

समृद्ध मध्यपुर समाज नेपालले प्रकाशन गरेको उक्त पुस्तकको मध्यपुरथिमिस्थित कराते एकेडेमीमा पुस्तक लोकार्पण भएको हो ।

लोकार्पण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको जेसुम कवितादेखि विभिन्न श्रष्टा हुँदै मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठसम्मका कविताहरू वाचन भएका थिए ।

‘मध्यपुरथिमिमा जेसुम’ लोकार्पण कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?