+

‘हङकङविरुद्ध जितकै लागि खेल्छौं’

२०८२ जेठ  १८ गते २०:०६ २०८२ जेठ १८ गते २०:०६
‘हङकङविरुद्ध जितकै लागि खेल्छौं’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
  • मुख्य प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले जितको लक्ष्य राखेका छन्।
  • प्रशिक्षक रोसले टिमको राम्रो तयारी र मनोबलको चर्चा गर्दै हङकङ विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।

१८ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत लाओस सँग खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले हङकङविरुद्धको खेल जितकै लागि खेल्ने बताए ।

एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले जुन १० मा लाओससँग उसैको मैदानमा खेल्दैछ । त्यसअघि नेपालले हङकङसँग जन ५ मा उसैको मैदानमा खेल्दैछ ।

हङकङ र लाओससँग खेल्ने तयारीमा रहेको नेपाली पुटबल टोली अहिले उच्च मनोबलका साथ तयारी गरिरहेको छ ।

मुख्य प्रशिक्षक म्याट रोसले आइतबार सञ्चारकर्मीहरुसँग कुराकानीमा हङकङ विरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘हङकङ इन्टेरेस्टिङ प्रतिद्वन्दी हो । उनीहरुको टिम पनि राम्रो छ । हामी उनीहरुको अनबिटन स्ट्रिक (अपराजित यात्रा) ब्रेक गर्न चाहन्छौं’ प्रशिक्षक रोसले भने, ‘त्यसका लागि हामी हाम्रो उत्कृष्ट लयमा हुनुपर्छ ।’

गत अक्टोरबरमा फ्रेण्डली म्याचमा लिचेस्टइन विरुद्ध पराजित भययता हङकङ लगातार ८ खेलमा अपराजित छ । तर केही दिनअघि म्यानचेष्टर युनाइटेड विरुद्धको मैत्रीपूर्ण खेलमा भने हङकङ पराजित भएको थियो ।

फिफा वरियतामा हङकङ १५३औं र नेपाल १७५औं स्थानमा छ । नेपाल र हङकङ दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि यी दुई टिम जम्मा एक पटक मात्र खेलेका छन् ।

एएफसी एसियन कप छनोट अन्तर्गत सन् १९८८ मा भएको दशरथ रंगशालमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

रोसले हङकङ विरुद्ध हट्याकिङ र डिफेन्सिङको ब्यालेन्च अप्रोचमा खेल्ने र राम्रो नतिजा ल्याउन प्रयास गर्ने बताए ।

प्रशिक्षक रोसले यसअघि आफ्नो दुई खेलमा सिंगापुर र मलेसिया विरुद्ध थोरै समय भएकोले ट्याक्टिकल अवारनेसमा काम गर्न नपाएको भन्दै यसपटक त्यसलाई सुधार गरेर तयारी गरेको बताएका छन् ।

अहिले नेपाली टिमको कन्डिङ राम्रो रहेको र टिम राम्रो अवस्थामा रहेको बताए । ‘टिमको सेप राम्रो छ । फिटनेस राम्रो छ । कुनै चोटको समस्या छैन,’ रोसले भने, ‘२३ जना खेलाडी छान्न कठिन भएको थियो । केही नयाँ खेलाडीहरु पनि समावेश छन् र प्रतिस्पर्धाको माहोल बढेको छ ।’

अहिले नेपाली टिमको अट्याकङ देखि डिफेन्स, गोलकिपिङ सबै राम्रो रहेको रोसले बताए । यस्तै कप्तान किरण चेम्जोङले हरेक खेलमा केही सिक्न सकिने र हङकङ विरुद्ध जित्नकै लागि खेल्ने बताए । ‘हरेक म्याचले लेसन दिन्छ । सिक्ने अवसर पनि हो । हङकङसँग जित्नकै लागि खेल्ने हो । जित नभएपनि लाओस विरुद्ध खेल्नुअघि केही सिक्न पाउँछौं’ किरणले भने ।

उनले हङकङ र लाओस दुवै टिम विरुद्ध जितकै लागि खेल्ने बताए । नेपाली टोली मंगलबार हङकङ जाने तालिका छ । हङकङसँग खेलेपछि उतैबाट लाओस जानेछ ।

नेपालले यसपटक लामो समयको तयारी गर्न पाएको थियो भने मनाङ पुगेर हाई अल्टिच्युडमा ट्रेनिङ समेत गरेको थियो ।

हाई अल्टिच्युड ट्रेनिङले खेलाडीलाई सहयोग पुगेको प्रशिक्षक रोस र कप्तान किरणले बताए ।

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय