+
+
Shares

सडकमा छैनन् सार्वजनिक सवारी, यात्रुलाई सास्ती (तस्वीरहरू)

व्यवसायीहरूले नै बन्द गरेपछि काठमाडौं उपत्यकामा फाट्टफुट्टबाहेक सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १२:२०

१९ जेठ, काठमाडौ  । यातायात व्यवसायीको आन्दोलनका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणले सास्ती बेहोरेका छन् ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गरेर यातायात व्यवसायीहरूले आन्दोलन गरेका हुन् ।

व्यवसायीहरूले नै बन्द गरेपछि काठमाडौं उपत्यकामा फाट्टफुट्टबाहेक सार्वजनिक सवारी साधन सञ्चालन भएका छैनन् ।

सवारी साधन नचलेपछि ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन् । अस्पताल जान हिँडेका बिरामीले पनि सास्ती बेहोरेका छन् ।

सञ्चालनमा आएका गाडीमा सर्वसाधारण कोचाकोच गरेर यात्रा गरिरहेका छन् । बिहानैदेखि सडकपेटी र प्रतीक्षालयमा सर्वसाधारणको भिड लागेको थियो ।

सर्वसाधारणले सास्ती पाएपछि नेपाल प्रहरीले पनि उपत्यकामा दुई वटा बस सञ्चालनमा ल्याएको छ ।

सावारी साधन नै बन्द गरेर आन्दोलन गरेपछि सरकारले व्यवसायीहरुसँग वार्ता सुरु गरेको छ । बिहान भएको वार्तामा व्यवसायीहरुले आफ्ना मागहरूका बारेमा गृहमन्त्री रमेश लेखकलाई जानकरी गराएका छन् ।

तस्वीर : आर्यन धिमाल

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?