+
+
Shares

दमकमा तुलसी सहकारी भवनको छानो हुरीले उडायो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १२:४५

१९ जेठ, विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाको दमकमा रहेकाे भवनकाे ट्रष्ट हावाहुरीले भत्काएको छ । आइतबार राति सवा ९ बजे वर्षासँगै आएकाे हावाहुरीले दमक नगरपालिका– ९ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको शाखा कार्यालय भवन अगाडि राखेको ट्रष्ट र सीसा भत्काएकाे हाे । सहकारीकाे भवन दुई वर्षयता बन्द थियाे ।

केन्द्रीय कार्यालय विराटनगर र तीन वटा शाखा कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्तालको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन मुद्दामा सोमबार दिउँसाे जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित तीन जनालाई दोषी ठहर गरेको थियो । अध्यक्ष केदारनाथ शर्मासहित सचिव सविना न्यौपाने र व्यवस्थापक सन्दीप खवासलाई जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले दाेषी ठहर गरेकाे हाे ।

इलाका प्रहरी कार्यालय दमकमा अनुसार दमक बजारमा रहेकाे भवनकाे अगाडी भागको सबै सिसा फुटेर झरेको हाे । जसले गर्दा भवन अगाडि पार्क गरी राखेको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडीको सिसा फुटेको छ ।

सहकारीकाे ट्रष्टले कमला पोखरेल भट्टराईले सञ्चालन गरेको दाजु भाई पसलमा समेत क्षति पुगेको छ । प्रहरीका अनुसार राति साढे ९ बजे आएको हावाहुरीले दमक नगरपालिका वडा न– ४ अडियामल स्थित अडियामल–आम्दा अस्पताल सडकमा रहेको ७ वटा बिजुलीको पोल समेत ढलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?