+
+
Shares

गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्ने कुरा अनुचित : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ दल नेपाली कांग्रेसले संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने प्रयासलाई अस्वीकार गरेको छ।
  • प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको रक्षा र सुधार आवश्यक रहेको बताए।
  • उनले संविधान नेपाली जनताले निर्माण गरेको हो र यसको संरक्षण जिम्मेवारी सबैको भएको बताए।

१७ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्नु अनुचित भएको बताएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका छन् ।

संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्न खोजिएको बताउँदै उनले सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए । मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको महतले बताए ।

‘हामीले संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्छ भनेर सरकारले भनेको हो । संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो । सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ,’ महतले भने ।

जनताका प्रतिनिधिहरूले निर्माण गरेको संविधानको रक्षा गर्नु आफूहरूको जिम्मेवारी रहेको उनको भनाइ थियो । प्रवक्ता डा. महतले अनुभवका आधारमा संविधानमा भएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिए ।

‘यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैंले दिएको निर्माण गरेको संविधान हो । आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?