+
+
Shares

युवा संघपछि बुद्धिजिवी परिषद्‌‌मा चुनाव, थपलिया अध्यक्ष निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १५:४७
गजेन्द्रप्रसाद थपलिया (ढाका टोपी)

१९ जेठ, काठमाडौं । नेकपा एमालेको जनसंगठन नेपाल बुद्धिजिवी परिषद्को केन्द्रीय नेतृत्व मतदान प्रक्रियाबाट टुंगिएको छ ।

अध्यक्षमा सर्वसम्मति नजुटेपछि मतदान भएको थियो । मतदानबाट गजेन्द्रप्रसाद थपलिया अध्यक्ष निर्वाचित भए । १४४ मत पाएर थपलिया अध्यक्ष निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दिपेन्द्र भण्डारीले १०४ मत पाए ।

उपाध्यक्षमा १५३ मत ल्याएर गोविन्द शाही निर्वाचित हुँदा प्रतिस्पर्धी विपिनकुमार चित्रकारले १०२ मत पाए । संगठन सचिवमा इश्वरी कडरियाले १६१ मत ल्याएर जित निकाल्दा अर्जुनकुमार सिंह ९६ मतमा सीमित भए ।

अरु पदमा भने निर्विरोध भयो । महिला उपाध्यक्षमा राधा अधिकारी, महासचिवमा दिपेन्द्र श्रेष्ठ, उपमहासचिवमा सुशील विश्वकर्मा निर्विरोध भए ।

विदेश सचिवमा लाक्पा शेर्पा, प्रचार सचिवमा टीका ढकाल, अर्थ सचिवमा कृष्णकुमार लम्साल निर्विरोध भएका थिए । ११ औं सम्मेलनले ९९ सदस्यीय कमिटी बनेको छ ।

बुद्धिजिवी परिषदमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी नेतृत्वले दबाब दिएको थियो । नेताहरूका अनुसार दिपेन्द्र भण्डारीको नाममा सर्वसम्मतिको प्रयास भएको थियो ।

तर थपलियाले अडान छोडेनन्, र मतदानमा उनले अध्यक्ष जिते । यसअघि राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयन पनि मतदान प्रक्रियाबाटै भएको थियो । युवा संघमा पनि निर्विरोध गराउन पार्टी नेतृत्वबाट दबाब थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?